About Share – Investor Awareness

शेयर भनेको कम्पनीको पूँजीको एउटा हिस्सा हो । शेयर खरिदबाट तँपाईलाई कम्पनीको अंशियार भई कम्पनीको लाभ/हानिमा सहभागी हुने अधिकार प्राप्त हुन्छ ।

कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरधनीहरुलाई तोकिएको दरमा लाभांश वितरण गरिसकेपछि बाँकी हुने रकमबाट लाभांश वितरण गरिने गरी जारी गरीएको धितोपत्रलाई साधारण शेयर (Ordinary Share) भनिन्छ ।

कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरीएको शेयरलाई अग्राधिकार शेयर (Preference Share) भनिन्छ ।

कम्पनीको बचत वा जगेडा कोषलाई पुँजीकरण गरी विद्यमान शेयरधनीहरुलाई लाभांशको रुपमा दिईने थप शेयरलाई बोनस शेयर (Stock Dividend) भनिन्छ भने विद्यमान शेयरधनीहरुको शेयर खरिद गर्ने पहिले हक हुनेगरि उनीहरुलाई समानुपातीक रुपमा शेयर बिक्री गर्ने गरी जारी गरीने थप शेयरलाई हकप्रद शेयर (Right Share) भनिन्छ ।

शेयर लगानीमा जोखिम हुन्छ । लगानीकर्ताले खरिद गरेको शेयरको मुल्य सधै बढ्छ वा सबै कम्पनीले लाभांश दिन्छ भन्ने सुनिश्चित हुदैन । तथापी जोखिम व्यवस्थापन गर्न लागानीहरुलाई शेयर लगायत अन्य धितोपत्रमा बाँड्न सकिन्छ साथै शेयरमा लगानी गर्दा पनि विभिन्न क्षेत्र र कम्पनीहरुको शेयर रोज्न सकिन्छ । यसो गर्दा एउटा क्षेत्र वा कम्पनी कम्जोर हुदाँ अर्काले राम्रो गर्न सक्छ र तपाईको नोक्सानी कम हुन सक्छ वा फाईदामै रहन सक्नु हुन्छ ।

बजार मुल्य खरिद गर्न चाहने लगानीकर्ताहरु र बिक्री गर्न चाहने लागानीकर्ताहरुको चापबाट निर्धारण हुने गर्दछ । शेयरको बजार मुल्यलाई मुख्य रुपले सम्बन्धित संगठित संस्थाको कार्य सम्पादन र संचालन नतिजा, लगानी कर्तालाई प्रदान गरीने प्रतिफल, संगठित संस्थाको बिकास र विस्तारको सम्भावना जस्ता पक्षहरुले प्रभाव पार्दछन् । सामान्य अवस्थामा कुनै संगठित संस्थाको धितोपत्रको माग बढेमा यसको मुल्य बढ्छ र माग घटेमा मुल्य घट्छ ।

साधारण शेयरधनीले सम्बन्धित कम्पनीको मुनाफामा सरिक हुने, वार्षिक साधारण सभामा सहभागी हुने, सभाका विषयबस्तुहरुमा मत जाहेर गर्ने, कम्पनी सम्बन्धि सुचना तथा बार्षिक प्रतिवेदन प्राप्त गर्ने, साधारण शेयरधनीहरुको तर्फबाट कम्पनीको संचालकहरु मनोनयनका लागि मतदान गर्ने तथा साधारण शेयरधनीहरुको तर्फबाट संचालक पदमा उम्मेदवारी दिन सक्ने जस्ता अधिकारहरु प्राप्त गर्दछन् ।

धितोपत्रमा लगानी गर्दा जोखिम (Risk), प्रतिफल (Return) तथा भविष्यको सम्भावना सम्बन्धि पूर्ण ज्ञान र पूर्ण होसियारी साथ गर्नु पर्दछ । धितोपत्र बजारमा सुचिकृत धितोपत्रहरु खरिद गर्न चाहने लगानीकर्ताले सम्बन्धित संगठित संस्थाको कार्य सम्पादन, आर्थिक विवरण तथा बार्षिक प्रतिवेदन, संस्थापक संचालकको विगतको कार्य सम्पादन, संगठित संस्थाहरुद्घारा समय समयमा प्रवाह गरीने तथा स्टक एक्सचेन्ज लि.बाट समय समयमा दिईने मुल्यमा प्रभाव पार्न सकिने सम्बेदनशिल सुचनाहरु (Price Sensitive Information) समेत हेरी लगानीका सम्बन्धमा निर्णय गर्नु बढी सुरक्षित हुन्छ साथै लगानीकर्ताले आफुलाई उपयुक्त लागेको शेयर दलाल (स्टक ब्रोक्रर कम्पनी) वा वित्तिय विषेशज्ञ सँग आवश्यक जानकारीहरु लिएर धितोपत्रको खरिदबिक्री सम्बन्धि निर्णय गर्नु बढी उपयुक्त हुन्छ ।

लाभांश
कम्पनीले आर्जित खूद नाफाको केही अंश शेयरधनीलाई नगद लाभांश (Cash Dividend) का रुपमा वितरण गर्न सक्छ । यस्तो लाभांश दिनै पर्छ भन्ने हुदैन ।

बोनस शेयर
कम्पनीले साविकका शेयरधनीलाई सितैमा पनि थप शेयर दिन सक्छ । संचित कोषमा प्रयाप्त रकम भएको अवस्थमा कम्पनीले बोनस शेयर (Bonus Share) जारी गरी कम्पनीको पूँजी बृद्घि गर्न सक्छ ।

हकप्रद शेयर
कम्पनीले साविकका शेयरधनीले मात्र खरिद गर्न सक्ने गरी थप शेयर जारी गर्न सक्छ यस्तो हकप्रद (Right Share) शेयर बजार मुल्य भन्दा कम र शेयरधनीहरुसँग भएको शेयर संख्याको अनुपातमा बिक्री गरीन्छ ।

तरलता
स्टक एक्सचन्जमा सुचिकृत शेयरहरु प्रायः तरल हुन्छन् । त्यस्ता शेयरलाई बिक्री गरेर केही दिनमै नगद प्राप्त गर्न सकिन्छ ।

उच्च प्रतिफल
दिर्घकालमा विवेकपूर्ण तवरले शेयरमा गरीएको लगानीले तुलनात्मक रुपमा उच्च प्रतिफल दिने गर्न सक्छ ।

धितो राख्नका लागि
घरजग्गा तथा अन्य सम्पति जस्तै शेयर धितोमा राखेर वित्तिय संस्थाहरुबाट ऋण पनि लिन सकिन्छ ।

प्राथमिक बजार
कम्पनीले वित्तिय अवस्था, योजना लगायतका सुचना समावेश गरी सार्वजनिक गरीएको विवरणपत्रको आधारमा तोकिएका केन्द्रहरुमा शेयर खरिदका लागि आवेदन दिन सकिन्छ । प्रचलित ऐन कानुनका आधारमा प्राप्त आवेदन अनुसार शेयर बाड्फाड् हुन्छ । प्राथमिक निष्कासन (Initial Public Offering, IPO) यसै प्राथमिक बजार (Primary Market) अन्र्तगत पर्दछ ।

दोस्रो बजार
दोस्रो बजार (Secondary Market) मा शेयर खरिदबिक्रीका लागि आधिकारीक शेयर दलाल (स्टक ब्रोकर कम्पनी)को सहायता लिनुपर्ने हुन्छ । आपूmले खरिद वा बिक्री गर्न चाहेको शेयरका लागि तोकिएको ढाँचामा शेयर लगानीकर्ताले ब्रोकर कम्पनीमा लिखित आदेश दिनुपर्दछ । यस्तो आदेश दिदाँ कम्पनीको, शेयर संख्या र मुल्य स्पष्ट रुपमा उल्यख भएको हुनु पर्दछ ।

लगानीकर्ताहरुबाट प्राप्त खरिदबिक्री आदेश अनुसार धितोपत्र दलाल (स्टक ब्रोकर कम्पनी) हरुले कारोबार गर्दा दर्ताक्रम अनुसार लगानीकर्ताको नाम, कम्पनीको नाम, मुल्य आदि स्टक एक्सचेन्जको कम्प्युटरीकृत कारोबार प्रणालीमा प्रविष्टि गर्दछन् । यसरी प्रविष्ट भएको खरिद तथा बिक्री आदेश मुल्य/समय प्राथमिकता (Price/Time Priority) को आधारमा मेल खाएपछि कारोबार सम्पन्न हुन्छ ।

खरिद/बिक्री आदेशपत्रमा शेयरको मुल्य (निश्चित/अधिकतम/ न्युनतम वा दलालले उपयुक्त ठानेको) तथा आदेशपत्र बहाल रहेने अवधिसमेत रुपमा लेख्नुपर्छ । वहाली रहने अवधी नलेखिएको अवस्थामा १५ दिनसम्म कायम रहन्छ । बिक्री गर्ने ब्रोकर कंपनीले बिक्री गरेको ३ (तीन) दिनमा शेयर र खरिद गर्ने ब्रोकर कंपनीले खरिद ३ (तीन) दिनमा नै सिडिएस एण्ड क्लियरिङ्ग लि. मा बुझाउने दायित्व हुन्छ । कारोबार भएको चौथो कारोबारीले आफुले खरिद गरेको शेयर आफ्नो हितग्राहि खातामा तथा बिक्रि गरेको रकम धितोपत्र दलाल ब्यवसायी संग प्राप्त गर्न सक्दछन् । शेयर कारोबारमा रकम लेनदेन गर्दा चेकबाट मात्र गर्नु पर्दछ ।

धितोपत्र दलालबाट आफ्नो आदेश अनुसार कारोबार भएको जानकारी प्राप्त भएपछि धितोपत्र बिक्रीकर्ताले शेयर र खरिदकर्ताले खरिद मुल्य नदिएबाट लगानीकर्ता वा सम्बन्धित दलाल (स्टक ब्रोकर कम्पनी) लाई हानीनोक्सानी हुनगएमा सम्बन्धित लगानीकर्ताले त्यस्तो नोक्सानी व्यर्होनु पर्दछ ।

धितोपत्रको केन्द्रिय निक्षेप प्रणाली धितोपत्र बजारमा निष्कासन भएमा धितोपत्रहरु सम्बन्धित धितोपत्र धनीबाट आफ्नो जिम्मा लिई धितोपत्रको खाता राख्ने, धितोपत्र कारोबारको राफसाफ, फ¥छौट तथा नामसारी प्रक्रियालाई अति सिघ्र रुपमा सम्पन्न गर्ने, धितोपत्र सुरक्षित राख्ने, धितोपत्र वा स्वमित्व अधिकारको विद्युतिय अभिलेख राख्ने जस्ता महत्वपुर्ण सेवा प्रदान गर्ने धितोपत्र बजारको महत्त्वोपूर्ण पुर्वाधार हो । केन्द्रिय निक्षेप प्रणालीले सहभागी कम्पनीका धितोपत्र धनीहरुको हक/अधिकारको रजिष्ट्रि वा अभिलेख राख्ने तथा निष्काशन गर्न अनुमति दिइए भन्दा बढी धितोपत्र निष्काशन गर्न रोक्ने कार्य गर्दछ ।

शेयर तथा अन्य धितोपत्र कारोबारका लागि आवश्यक जानकारीहरु प्राप्त गर्न धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर कम्पनी) हरुसँग सम्पर्क राख्न सकिन्छ । साथै यस सम्बन्धमा नेपाल स्टक एक्सचेन्ज लि. तथा उक्त लि. को वेवसाईट www.nepalstock.com तथा नेपाल धितोपत्र बोर्डको वेवसाईट www.sebon.gov.np मार्फत जानकारी लिन सकिन्छ । साथै अन्य जानकारीहरुका लागि स्टक ब्रोकर्स एशोसियसनको वेवसाईट www.sbanepal.com अथवा फोन नं. ०१—४२३०५०३ ई–मेल sban.np@gmail.com मार्फत सम्र्पक गर्न सकिन्छ ।

१ रुपैयादेखि २ हजार ५ सयसम्मको कारोबारमा रु. २५ /–
२ हजार ५ सय भन्दा माथि रु. ५० हजार रुपैयाँसम्मको कारोबारमा – ०.६०५
५० हजार भन्दा माथि ५ लाख रुपैयाँसम्मको कारोबारमा – ०.५५५
५ लाख भन्दा माथि २० लाख रुपैयाँसम्मको कारोबारमा – ०.५०५
२० लाख भन्दा माथि १ करोड रुपैयाँसम्मको कारोबारमा – ०.४५५
१ करोड भन्दा माथि को कारोबारमा – ०.४०५
निक्षेष सदस्यलाई प्रति हस्तान्तरण शुल्क रु. २५
धितोपत्र बोर्ड शुल्क ०.०१५५ थप लाग्ने छ ।